विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिमा मानसिक रोग नहुनु मात्र होइन; आफ्नो व्यक्तिगत क्षमतालाई बुझेर दैनिक जीवनमा आइ पर्न सक्ने समस्यालाई सामना गर्नु पनि हो । उत्पादनशील भएर काम गर्नु र सामाजिक योगदान दिन सक्नु हो । शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ रहनु मानसिक रूपमा स्वस्थ हुनु हो ।मानसिक रूपमा स्वस्थ मनुष्यले मात्र जीवनमा अटुट खुसी महसुस गर्न सक्छ । यसरी मनुष्यको मन शुद्ध रहेमा सन्तुष्टि झल्काउने आधार आनन्द उसको जीवनमा