काठमाडौँ । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा बुधवारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिङ्गो अर्थात् य: सिं ठड्याएपछि सुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौँको हनुमान ढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्र ध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें […]