काठमाडौँ–धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन्। शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन्। सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रश्तुती देखाएका थिए। विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ। […]