विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर बृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए ।विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको […]

सम्बन्धित सामग्री

हाँडीगाउँमा पनि यसरी मनाइयाे इन्द्रजात्रा (तस्बिरसहित)

काठमाडाैँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा इन्द्रजात्रा मनाइएकाे छ। सो अवसरमा काठमाडौँ महानगरपालिका– ५ स्थित हाँडीगाउँमा पनि शुक्रबार इन्द्रजात्रा महोत्सव मनाइएकाे छ। जात्रामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए। महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिता, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको छ भने विभिन्न नेवारी खानाका स्टलसमेत राखिएको छ। भाद्र […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारीलगायतका समाचारले प्रमुख स्थान पाए । राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका […]

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहको स्वागतमा महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरेको छ ।  जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन्।  यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन्।  मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो । पाहुनाहरुको स्वागतमा महानगरपालिकाले बुधवार रात्री भोजको आयोजना गरेको थियो । असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान गरिनेछ । ११ गते विहीबार तल्लो टोलमा र १२ गते शुक्रबार माथिल्लो टोलमा कुमारी रथयात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।  कुमारीको रथ सजाउँदै कलाकार  काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्र्‍याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको सम्झौता हुन बाँकी रहेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले जानकारी दिए।  अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।  प्रस्तावित कार्यक्रमहरु  जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउने छन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।  १२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनेछन् ।  संघसंस्थाहरुसँगको सम्बन्ध  महानगरपालिकाले अन्तरराष्ट्रिय ९ वटा संघसंस्थाको सदस्यता लिएको छ । ‘मानव बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरुको क्षेत्रीय सञ्जाल, सिटी नेट, याकोहामा जापान’, ‘विश्व सम्पदा नगरहरुको संगठन (ओडब्लुएचसी) मोन्ट्रीयल क्यानडा’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी) बासिंलोना स्पेन’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी एस्पाक) जाकार्ता इन्डोनेसिया’, ‘स्थानीय पर्यावरण प्रवर्धनका लागि अन्तरराष्ट्रिय परिषद –आईसीएलआईई) टोरोन्टो’ को महानगर सदस्य नगर हो । यस्तै ‘ऐतिहासिक नगर संघ (एलएचसी) क्योटो जापान’, ‘प्रमुख महानगरहरुको अन्तरराष्ट्रिय एशोसिएसन (मेट्रोपोलिस) बार्सिलोना स्पेन’, ‘भूकम्प महानगरहरुको संस्था, हवाई, संयुक्त राज्य अमेरिका’ र ‘विश्व पर्यटकीय नगर महासंघ, वेइजिङ्, चीन’ को महानगरले सदस्यता लिएको छ ।  इन्द्रजात्रामा हुने सांस्कृतिक क्रियाकलापहरु यस बर्षका लागि इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । गुठी संस्थानले सार्वजनिक गरेको साइत तालिकाअनुसार, य:सिं (लिङ्गो) लिन भदौ ३१ गते विहान ११ बजेर ५० मिनेटको साइतमा गुठीयारहरु वन प्रस्थान गरे । त्यसै दिन बेलुका ९ बजेर ३४ मिनेटको साइतमा लिङ्गोका रुपमा प्रयोग गरिने रुख काट्ने (वृक्षकर्तन) भयो । यसरी काटिएको य:सिं (लिङ्गो) तानेर भोटाहिटी ल्याइएको छ ।  भोलि विहान (२०८० आश्विन ६ गते शनिवार, भाद्र शुक्ल द्वादशी) विहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै इन्द्रध्वज कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । ३३ फुट अग्लो इन्द्रध्वज आश्विन ९ गते मंगलवार विहान १० बजेर ३० मिनेटको साइतमा उठाइनेछ । इन्द्रध्वज गाडिएपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै यस दिन साँझमा पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।  इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।  श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।  यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।  २०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।  यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

आज इन्द्रजात्रा

आठ दिनसम्म मनाइने उपत्यकाको चर्चित जात्रा इन्द्रजात्राको मूल कार्य आज (शुक्रबार) सुरु हुनेछ । उपत्यकाका नेवार समुदायको मुख्य पर्वका रूपमा रहेको यस जात्रामा विभिन्न देवीदेवताको नाच प्रदर्शन गरिन्छ । जात्राका अवसरमा सरकारले...

आजदेखि इन्द्रजात्रा सुरु : काठमाण्डौमा बेलुका उपाकु यात्रा हुँदै

काठमाण्डाै – आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । आज बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ । यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमा...

विद्यार्थीहरुमा पनि इन्द्रजात्रा

काठमाडौँ–धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन्। शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन्। सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रश्तुती देखाएका थिए। विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ। […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोग

वृहस्पति विद्यासदनका विद्यार्थीले देखाए इन्द्रजात्रा ( तस्वीरहरु )

१७ भदौ, काठमाडौं । धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रबा इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुती देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप […]

पराजित इन्द्रको सम्मानमा इन्द्रजात्रा

देवताका राजा इन्द्रलाई चोर सावित गरी कान्तिपुरवासीले माग पूरा गर्न बाध्य पारेकोे दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। यसरी हेर्दा इन्द्रजात्रा पराजित इन्द्रको सम्मानमा आयोजित स्थानीय नागरिकको विजयको जात्रा हो। जात्रामा बाजागाजा, पल्टन, धिमे आदिको सुमधुर स्वरका बीच हर्षोल्लास हुन्छ। रथयात्रा र पूजाआजा सम्पन्न गरिन्छ। यस अवसरमा विभिन्न मुकुण्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये […]

सुरु भयो इन्द्रजात्रा : हनुमानढोकामा ठड्याइयो य:सिं, साँझ उपाकु यात्रा

काठमाडौं : हनुमानढोकास्थित कालभैरव अगाडि य:सिं ठड्याइएको छ। इन्द्रध्वजोत्थानसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। आजकै दिनदेखि चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको छ। किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा…