पोखरा : गण्डकीका सांसदको आजै कोरोना जाँच हुने भएकाे छ। सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि सांसदहरुको कोरोना जाँच हुने भएको हो।पिसिआर परीक्षण भएपछि मात्रै बैठक चल्ने सहमतिपछि भोलि दिउँसो एक बजेका लागि संसद बैठक डाँकिएको छ। सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले सबै सांसदको पिसिआर परीक्षण गर्ने सहमति गरेको छ।‘आज स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट आउने भएकाले दलहरुबीच यस्तो सहमति जुटेको हो,’ एमाले