कोरोना जाँच गर्नुपर्ने पीरले आउन मान्दैनन् बिरामी, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

बझाङ – जिल्ला अस्पताल बझाङमा दैनिक सेवा लिन आउने बिरामीहरुको सङ्ख्या पछिल्लो समय निकै घटेको छ । बैशाखको पहिलो हप्तादेखि जिल्ला अस्पतालमा अन्य सेवा दिनु पूर्व कोरोना जाँच गर्न थालिएपछि यहाँ उपचार लिन आउनेको संख्यामा निकै कमी आएको हो ।  चैत महिनासम्म दैनिक रुपमा २/३ सय बिरामी उपचारको लागि आउने गरेकोमा कोरोना परीक्षण गरेर मात्र जाँच गर्न थालेपछि अहिले दैनिक ४०/४५ जना सेवाग्राही मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताउनुभयो । ‘अस्पतालमा सेवा लिन आउँ...