अमेरिकाले रूसको पेट्रोलियम प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि तेलको भाउ अकासिएको छ। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बिहीबार एक दशकयताकै उच्च भएको छ। बिहीबार तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको छ।ब्रेन्ट क्रुड फ्युचर्स (उत्तरपश्चिमी युरोपेली तेल बजार) मा बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य १ सय १९ डलर ८४ सेन्ट पुगेको छ। यो अघिल्लो मूल्यभन्दा ६ डलर ८५ सेन्ट बढी हो। यो मूल्य सन् २०१२ मेपछि अहिलेसम्मकै उच्च भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।यसबीच ओपेक प्लस (