काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आज आइतवार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जन...