काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) बाट खेलाडीको कारबाहीबारे 'नोट अफ डिसेन्ट' लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।
क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले आज बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही...