काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।
सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्याएको उल्लेख गरिएको छ ।
‘खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो उनीहरुमाथि नै गरिएका कार...