काठमाडौं : चिनियाँ कम्पनी वालभ्याक्सले कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको ‘अरकोभ’ खोप नेपालमा क्लिनिकल ट्रायल हुने भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार तेस्रो चरणको ट्रायलमा रहेको उक्त भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायलका लागि परिषद्को इथिकल कमिटीबाट पास भइसकेको छ। ट्रायलका लागि क्याबिनेटले समेत अनुमति दिइसकेको छ।‘अब हामीले ३ हजार जनामा यो खोप क्लिनिकल ट्रायल गर्ने गरी योजना अगाडि बढाएका छौँ,’ सदस्यसचिव ज्