कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गरिँदै

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्न लागेको हो । यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो […]

सम्बन्धित सामग्री

‘१० दिनभित्र नेपालमा खोपको ट्रायल सुरु हुन्छ’

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप क्लिनिकल ट्रायल १० दिनभित्र सुरु हुने भएको छ । अहिले चीनबाट खोप ल्याउने प्रकृया भइरहेको र ट्रायल सुरु गर्न एक हप्तादेखि १० दिन लाग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।  गत भदौ १० गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हैजा...

जोखिम कम, फाइदा छ तर नेपालमै उत्पादन गर्नुपर्छ : विज्ञ

सरकारले कोभिड १९ र हैजा विरुद्धका खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि अनुमति दिएसँगै अब यी दुवै खोपले नेपालमा ट्रायल थाल्नेछन् । हैजा विरुद्धको कोलेरा खोप र कोरोना भाईरसबिरुद्धको सार्कोभ टू एमआरएनए खोपले अव नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुने निश्चित भएको छ ।

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अति कम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय ए

सरकारले सार्स-टु र हैजा खोपको क्लिनकल ट्रायल गर्न अनुमति दिने

काठमाडौँ- सरकारले 'सार्स टु' को एमआरएन खोप र हैजा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त दुई वटा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जाकारी दिए ।