काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी औषधिको खोजीका क्रममा तीन नयाँ औषधिको क्लिनिकल ट्रायल गर्ने भएको छ। डब्ल्युएचओले ‘सोलिडारिटी प्लस’ कार्यक्रममार्फत् तीनवटा औषधिको ५२ देशमा क्लिनिकल ट्रायल गर्न लागेको हो। अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुमाथि आर्टीसुनेट, इम्याटिनिब र इनफ्लिक्सिम्याब औषधिको क्लिनिकल ट्रायल गरिने भएको हो। यी तीन औषधिलाई डब्ल्युएचओको एक स्वतन्त्र प्यानलले कोरोनाबाट हुने मृत्युदर घटाउन सकिने आशामा ट्रायलका