काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। निधि निवास बानेश्वरमा भेटवार्तामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल