काठमाडौं । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीमा बागमती प्रदेशका काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नाम चर्चामा आएको छ ।बागमती प्रदेशमा काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले आलोपालो सरकारको नेतृत्व चर्चा चलेको छ । यो चर्चासँगै काँग्रेस नेताहरुबीच सार्वजनिकरुपमै विवाद देखिएको छ । आगामी मंसिर ९–१३ मा हुने काँग्रेसको १४ औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेप