चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यसबारे सचेत गराएका छन् । तर, धेरै आत्तिनुपर्ने अवस्था भने नरहेको उनीहरुको भनाइ छ । रोगका लक्षण देखिए तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन,” श्रेष्ठले भने, “चीनमा कोरोना भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।