सवैभन्दा पहिले कोभिड १९ चीनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तीव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिस संक्रमित हुन पुगे भने संक्रमितको संख्या लाखौं पुग्न कति पनि समय लागेन । जव अमेरिका र युरोपका शक्तिशाली देशमा यसले विकराल रुप धारण गर्यो, तत्पश्चात विश्व नै आतंकित हुन पुग्यो । सुविधा सम्पन्न देशहरुले समेत यसलाई नियन्त्रण गर्न नसकेपछि विश्वका मानिसहरु आतंकित हुनु स्वभाविक थियो ।नितान्त नयाँ खालको सरुवा रोग भएकोले त्यतिबेला यसको रोकथा