कर संकलनको लागत घटाइने

अर्थ सचिव शिशिर ढुङ्गानाले कर संकलनको लागत बढेकाले व्यवसाय गर्ने लागत घटाउन अध्ययन भइरहेको बताएका छन् । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधिसँगको भेटमा अर्थसचिव ढुंगानाले सरकारले एकद्वार प्रणालीबाट कर संकलन गर्ने तयारी गरेको बताए । कर अडिट धेरै नभइ निकाय धेरै भएकाले आ–आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको बताउँदै उनले हाल मुलुकको विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको बताए । सम्पति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै उनले बिमालगायत अन्य सेवालाई अनलाइनमा जान प्रोत्साहित गरिरहेको बताए ।

सम्बन्धित सामग्री

डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाइने

काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो । इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले […] The post डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५\५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको […]

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ […]

पेट्रोलियम पदार्थको कर घटाइने

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो। यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको हो।