व्यवसायको सुरक्षामा चिन्ता

केही समययता बन्दहडताल र तोडफोड कम भएको अनुभव भइरहेका बेला सोमवार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सरकारी सम्पत्तिको आगजनी र निजी पसलहरूमा लुटपाट गरियो । यसले निजीक्षेत्र आतंकित बनेको छ जुन स्वाभाविक हो । सरकारको काम शान्तिसुरक्षा कायम गर्नु हो, उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्नु हो, निजी सम्पत्तिको सुरक्षा गर्नु हो । सरकारको काम निजीक्षेत्रले गरेको लगानीमा सहजीकरण गरिदिनु हो । नियम र कानून पालना गरेर सञ्चालन भएका व्यवसायलाई उचित नियमन गरेर उनीहरूलाई निर्धक्क व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु हो । तर, यसमा सरकार चुकेको छ । त्यसैले सोमवार नयाँ बसपार्कको ल्होत्से मलस्थित पसलहरूमा भएको तोडफोड र लुटपाटको निजीक्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाहरूले विरोध गर्दै आफ्नो व्यवसायको सुरक्षाको माग गरेका छन् । विरोध गर्ने अधिकार सबैलाई छ । आफ्ना कुरा सुनुवाइ नहुँदा विरोध गर्नु र त्यो कुरा राज्यलाई सुनाउनु लोकतान्त्रिक विधि नै हो । तर, विरोधका नाममा व्यवसायमा धक्का पुग्ने गरी काम गर्नु जायज होइन । अझ विरोधका नाममा लुटपाट गर्नु कुनै पनि दृष्टिकोणले सही मान्न सकिँदैन । सरकारको काम नीतिनियमको पालना गराउनु हो । कुनै पनि प्रदर्शनलाई हिंसात्मक हुन नदिनु तथा त्यसलाई तोडफोड गर्नबाट रोक्नु हो । यस्तो अवस्था आएमा उसले शक्ति प्रयोग गर्न पनि सक्छ । त्यसो गर्दा मानवअधिकार उल्लंघन तथा संविधानप्रदत्त अधिकार हनन हुनु भने हुँदैन । तर, नयाँ बसपार्कमा भएको लुटपाटमा सुरक्षा निकायबाट जेजस्तो सतर्कता अपनाइनुपेर्थ्यो त्यो अपनाएको पाइँदैन । आन्दोलनका नाममा लुटपाट गर्ने व्यक्तिहरू जति दोषी छन् त्योभन्दा बढी त्यसलाई रोक्न नसक्ने सुरक्षा संयन्त्र दोषी देखिन्छ । यो एउटा प्रतिनिधिमूलक घटना हो । अहिले श्रमिक र उद्यमीबीच तुलनात्मक रूपमा निकै राम्रो सम्बन्ध कायम भएको अवस्थामा यस्तो घटना हुनु दु:खद हो । यसले व्यवसाय गर्ने वातावरण बिगार्छ । त्यसैले उद्योगी व्यवसायी तथा निजी सम्पत्तिको सुरक्षा गर्न सरकार विशेष चनाखो हुनुपर्ने पाठ यसले दिएको छ ।

सम्बन्धित सामग्री

स्थानीय बाली मासिने किसानलाई चिन्ता

गण्डकी प्रदेशका कृषकले स्थानीय बालीका बीउ मासिने चिन्ता व्यक्त गरेका छन्।

सबै दललाई महामन्त्रीको आह्वान : चार वर्ष देश बनाउने चिन्ता गरौँ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भर्खरै निर्वाचन सम्पन्न भएको अवस्थामा आगामी निर्वाचनभन्दा देशको चिन्ता गर्न सबै दललाई आग्रह गरेका हुन्।‘कतिपय मान्छेलाई मिशन ०८४ लागेको छ। त्यो भनेको ०८४ मा जित्ने र बहुमत ल्याउने। ०७४ मा चुनावमा भयो‚ ०७९ को चिन्ता, ०७९ मा चुनाव भयो ०८४ को चिन्ता, ०८४ मा चुनाव भए ८९ को चिन्ता। अनि देशको चिन्

प्रधानमन्त्री कार्यालयमा अर्थतन्त्रको चिन्ता

नेपालको संकटोन्मुख अर्थतन्त्रप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले संयुक्त रूपमा आयोजना गरेको ‘देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समधानका उपाय’ विषयक अन्तक्र्रियामा...

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

साहित्यकारहरूले गरे देशप्रति चिन्ता

भक्तपुरका साहित्यकारहरूले देशप्रति पिर गरेका छन्। उनीहरूले 'देशको मायाले पिर दियो' भन्दै चिन्ता साटेका हुन्।...

प्रचण्डलाई एक्लिने चिन्ता

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १÷२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए । आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको […]

अफगानिस्तानमा रहेका नेपालीहरूबारे राप्रपाको चिन्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूप्रति चिन्ता व्यक्त गरेको छ। आइतबार राप्रपाका तीन अध्यक्ष पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरूबारे...

चिन्ता

निकिताको मनमा अर्कै चिन्ता थियो –यो कोरोनाको कहरभरि मेरो छोरालाई कसरी घरमै राख्ने होला? आफैलाई कतिबेला बाहिर निस्कनुजस्तो भाछ ?...

सरकारबाट बाहिरिँदा मलाई रत्तीभर चिन्ता छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेकोले कुनै चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे । कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले नेपालका लागि चाहिने कोभिड खोपको आफूले व्यवस्थापन गरेको पनि दाबी गरे । उन