मुक्तिनाथ बैंकको ऋणपत्र आजदेखि

काठमाडौं। मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले ८.७५ प्रतिशत व्याजदर पाइने बैकको उक्त सात वर्षे ऋणपत्रको बिक्री आजदेखि खुला गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ७ लाख ५० हजार कित्ता व्यक्तिगत रुपमा बिक्री गरिने बैंकले बताएको छ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब बैंकको ११ % एलबिबि एल डिबेञ्चर २०८९ नामक ऋणपत्रको कारोबार सम्बन्धित अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरूको ब्याज भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलबाट हुनेछन् । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा आगामी २०८९ सालसम्मका लागि जेठ १६ देखि २५ गतेसम्म ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गरेको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

मुक्तिनाथ डिबेन्चर २०८४/८५ सूचीकृत

मुक्तिनाथ विकास बैंकको डिबेन्चर÷ऋणपत्र २०८४/८५ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५ को एक हजार रुपैयाँ कायम भएको १२ लाख ५० हजार कित्ता...

मुक्तिनाथ बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ हजार अंकित दरको १२ लाख ५० हजार कित्ता ऋणपत्र सुचिकृत भएको हो । बैंकका अनुसार ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ सुचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णय अनुसार […]

मुक्तिनाथ डिबेन्चर २०८४/८५ नेप्सेमा सूचिकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०८४/८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो । बैंकले सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई ध

मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचीकृत

भदौ १७, काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्सेमा) सूचीकृत भएको छ । कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा २०८४/ ८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो । उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच बिहीवार सूचिकरण सम्झौता भएसँगै आगामी आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

मुक्तिनाथ बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिटललाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको जानकारी दिएको छ […]

मुक्तिनाथ विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

भदौ ८, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरिसकेको ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।    बैंकले ‘८ दशमलव ७५ प्रतिशत ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’  नामको उक्त ऋणपत्र साउन ७ गतेदेखि साउन १२ गतेसम्म विक्री गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँट

साउन २२, काठमाडौं । मुक्तिनाथ विकास बैंकले विक्री गरेको ऋणपत्र बिहीवार बाँडफाँट गरेको छ । बैंकले साउन ७ गतेदेखि १२ गतेसम्म  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्ये रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको हो भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो ।  तोकिएको अवधिमा रितपूर्वक आवेदन दिएका सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनको हकमा समानुपातिक रुपमा ऋणपत्र बाँडफाँट गरिएको बैंकले सूचना मार्फत जानकारी दिएको छ ।  सर्वसाधारणमा विक्री गरिएको कुल कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाइ छ ।  ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।  बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

मुक्तिनाथ बैंकको २ लाख कित्ता ऋणपत्रमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकले ७ साउन गतेदेखि बिक्रिमा ल्याएको ऋणपत्रमा बोलपत्र पेश गर्ने आज अन्तिम (साउन १२ गते) दिन हो । बैंकले ७ वर्षे अवधिको १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गरेको हो । बैंकको अनुसार ‘८.७५ प्रतिशत डिबेञ्चर २०८४/८५’ नामको प्रतिकित्ता १ हजार […]

मुक्तिनाथ बैंकको १२ लाख ऋणपत्र आजदेखि बिक्रिमा

काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकले आजदेखि ऋणपक्र विक्रि खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधिको १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गरेको हो । बैंकको अनुसार ‘८.७५ प्रतिशत डिबेञ्चर २०८४÷८५’ नामको प्रतिकित्ता १ हजार ऋणपत्र मध्ये ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी भएको ७ […]