मुक्तिनाथ विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

भदौ ८, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरिसकेको ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।    बैंकले ‘८ दशमलव ७५ प्रतिशत ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’  नामको उक्त ऋणपत्र साउन ७ गतेदेखि साउन १२ गतेसम्म विक्री गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । 

सम्बन्धित सामग्री

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले आजदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मङ्सिर १० देखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ स्थानीयले खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म आईपीओ विक्री गरी असोज १५ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले यो आईपीओ  खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।  कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ असोज १५ गते बाँडफाँट गरेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने असोज १७ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।  कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ छ ।

मुक्तिनाथको वृक्षरोपण

विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउण्डेशनले काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफूलका विरुवा रोपेको छ । टोखा नगरपालिका र मुक्तिनाथ फाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देशिय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रमा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, […]

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले प्रस्तावित १८ प्रतिशत  नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवा दिँदै आएको छ । यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवासमेत सञ्चालन गर्ने योजना रहेको कम्पनीले बताएको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

मुक्तिनाथ क्यापिटलको लाभांश प्रस्ताव पारित

मुक्तिनाथ क्यापिटल Muktinath Bikas Bank Limited को १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत  नगद लाभांश प्रस्ताव पारित गरेको छ । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।कम्पनीले यस आर्थिक बर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना बनाएको छ । यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना पनि कम्पनीको छ ।

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालय मार्फत डिम्याट खाता खोलेका क्यापिटलका सेवाग्राहीलाई आर्थिक वर्ष २०७७÷२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क १०० बुझाउन अनुरोध गरेको हो ।सेवाग्राहीले असार मसान्त भित्र ई सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्त