मुक्तिनाथ बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिटललाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको जानकारी दिएको छ […]

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब बैंकको ११ % एलबिबि एल डिबेञ्चर २०८९ नामक ऋणपत्रको कारोबार सम्बन्धित अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरूको ब्याज भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलबाट हुनेछन् । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा आगामी २०८९ सालसम्मका लागि जेठ १६ देखि २५ गतेसम्म ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गरेको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

मुक्तिनाथ विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

भदौ ८, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरिसकेको ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।    बैंकले ‘८ दशमलव ७५ प्रतिशत ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’  नामको उक्त ऋणपत्र साउन ७ गतेदेखि साउन १२ गतेसम्म विक्री गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।