मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१-२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको बताए । प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रस्ट्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताए । उनले भने &ld