काठमाण्डाै – संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।
स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् । विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् । वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएक...