काठमाडौं । विवेकशील साझा पार्टीले लकडाउनमा आफ्नो दायित्व नभुल्न आग्रह गर्दै सरकारलाई ५ सुझाव दिएको छ । सो पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ५ बुँदे सुझाव दिएका हुन् ।जारी विज्ञप्तिमार्फत कोरोना परीक्षणलाई व्यापक बनाई कन्ट्याक ट्रेसिङमा जोड दिनुपर्ने, क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गनुपर्ने, कोभिड १९ विरुद्धको खोप केन्द्रहरुमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भीडभाड नियन्त्रण गनुपर्ने लगायतका सुझावहरु