काठमाडौं: नेकपा (एमाले) को स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी ऐन शंसोधनका लागि सरकारलाई बुँदागत सुझाव दिएको छ।विभाग प्रमुख खगराज अधिकारीको नेतृत्वमा गएको टाेलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सोमबार भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा सुधार गर्न सुझाव दिएको हो ।केही समययता विभिन्न निउँमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण हुन