काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ । सोमबार आयोगले निर्वाचन आचारसंहितबारे दलहरुसँग छलफल गरेको थियो । छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए । एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ । विज्ञप्ति !