काठमाण्डाै – काठमाण्डौको नयाँबानेश्वर–तीनकुने अन्तर्गतको सडकमा भएको खाल्डो पुर्न एक हप्ता लाग्ने भएको छ । सडकको खाल्डो पुर्नु अगाडि ढलको काम सकेर नयाँ मंगाल बनाउनु पर्ने र यो मंगाल सुकेपछि मात्रै पुर्न मिल्ने भएकाले खाल्डो पुर्न एक हप्ता लाग्ने भएको हो ।हिजोदेखि ढलको काम सुरु गरिएको काठमाण्डौ सडक डिभिजन कार्यलय प्रमुख नारायणप्रसाद निहुरेले बताउनुभयो । उहाँका अनुसार एकातिर ढल बगिरहन दिने र समानान्तर तरिकाले मंगालको निर्माण भइरहनेछ । मंगालको काम सकेपछि मंगाल छोप्न माटो राखिने अनि गिट्टी रा...