सरकारले स्थानीय सरकारलाई सहकारी हस्तान्तरण प्रक्रिया बिहीबारबाट सुरु गर्ने भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार मकवानपुरमा औपचारिक कार्यक्रम गरी गढी गाउँपालिकाबाट सहकारी हस्तान्तरण सुरु गर्न लागेको हो ।
संघीय संरचनामा सहकारी संघ–संस्था दर्तादेखि नियमनसम्मको अधिकार स्थानीय सरकारलाई दिइएको छ ।