अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको छ । अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले धादिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० व