सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी