स्थानीय तहलाई १ खर्ब २३ करोड बित्तीय हस्तान्तरण, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्स

काठमाडौं : सरकारले स्थानीय तहलाई १ खर्ब २३ करोड स्थानीय वित्तिय हस्तान्तरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै स्थानीय सरकारका लागि वित्तिय हस्तान्तरणको जानकारी दिए। ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्र,  कृषि क्षेत्रको उत्पादनका लागि यान्त्रिकिकरण गर्ने सरकारको लक्ष्य छ। किसानलाई बिउ, सिचाइ र सहुलियतपूर्ण मल वितरण…

सम्बन्धित सामग्री

पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो । गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उजपलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले […]

सल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन - NepaliPatra

काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषिउपज बजार सञ्चालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख […]

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

चितवन । कृषिउपजको सहज ढुवानीका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि संघ सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेका छन् । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसान लक्षित कृषि एम्बुलेन्स खरीद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनओटा कृषि एम्बुलेन्स खरीद गर्ने तयारी गरिएको हो । ‘किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरीद गर्न लागेका हौं,’ उनले भने । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्‍याउनुपर्ने बाध्यता छ । अध्यक्ष गुरुङका अनुसार कृषि एम्बुलेन्स खरीदका लागि संघीय सरकारले रू. ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । ‘संघीय सरकारको सहयोगलाई ५० प्रतिशत मानेर पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरीद गर्ने योजना छ,’ उनले भने । गाउँपालिकाले तीनओटा एम्बुलेन्स खरीदका लागि करीब रू. ८० लाख खर्च लाग्ने अनुमान गरेको छ । भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्था कृषि एम्बुलेन्सको प्रयोगपछि अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ । रासस

कृषि एम्बुलेन्स सञ्चालन

कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ।