१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका थिए । कलाकार धुर्मुस सुन्तलीले चितवनमा गौतमवुद्ध विमानस्थल निर्माण निर्माण सुरु गरेर बीचैमा छाडेका बेला रुपन्देहीमा अर्को क्रिकेट मैदान निर्माणको घोषणा गरिएको थियो । सरकारी लगानीमै […]
व्यवसायी विनोद कुँवरको लगानीमा निर्माण सम्पन्न भएको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वर्ल्ड कप लिजेन्डले जितेको छ । विश्वकप खेल्दाका कप्तान तथा हाल नेपाल क्रिकट संघका सचिव पारस खड्काको नेतृत्वमा रहेको २०१४ वर्ल्ड कप लिजेन्ड उपाधि जितेको हो । चार टोली सहभागी प्रतियोगिताको फाइनलमा …
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ । अब फागुन २८ गते उद्घाटन हुने भएको छ । यसअघि फागुन १४ गते गर्ने भनिएका छन् । काठमाडौंमा चलिरहेको आइसीसी विश्वकप लिग २ र त्यसपछि हुने टि–२० क्रिकेट सिरिजका कारण नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी […]
The post एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ९ महिनाअघि सिलान्यास भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फाल्गुन दोस्रो साता उद्घाटन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माणकर्ता एक्स्ट्राटेक ओवल प्रालिले निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक बन्न लागेको मैदानको उद्घाटन विशेष कार्यक्रममाझ गर्ने जानकारी दिएको हो । उद्घाटनका लागि फाल्गुन १४ गते ४ टोलीबीच […]
The post सिलान्यासको ९ महिनामै एक्स्ट्राटेक मैदान उद्घाटन हुँदै first appeared on हाम्रो खेलकुद.
२८ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको पहिलो चरणको काम पूरा भएको छ । एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा तिलोत्तमा नगरपालिका वडा नं. १७ पूर्व दरखसवामा गत जेठ २९ गते रंगशालाको शिलान्याश भएको थियो । शिलान्यास भएको ६ महिनामै खेल मैदान निर्माणको काम पूरा भएको हो । जेठमा शिलान्याश भएपनि […]
बुटवल ( हाम्रो खेलकुद) – निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानफागुनबाट सञ्चालनमा आउने भएको छ । मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवामा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्देशक कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । […]
The post एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने first appeared on हाम्रो खेलकुद.