अर्थ मन्त्रालयले भन्यो 'स्यानीटरी प्याडमा कर बढाएको छैन, भन्सार घटाईएको हो'

 अर्थ मन्त्रालयले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनि प्रचार गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो  ।स्यानीटरी प्याड आयातमा आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको मन्त्रालयले प्रष्ट पारेको छ । तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा मन्त्रालयले अनुरोध गरेको छ। बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको मन्त्रालयले उल्लेख गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको छ । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न मन्त्रालयले भनेको छ । 

सम्बन्धित सामग्री

छोटी भन्सार पुनःस्थापनामा ढिलाई

बिर्तामोड- सशस्त्र द्वन्द्वका समयमा विस्थापित झापाका छोटी भन्सार कार्यालय पुनःस्थापना हुन सकेको छैन् । भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व चुहावट बढेको छ । छोटी भन्सार कार्यालयको उचित रेखदेख हुन नसक्दा झाडीमा परिणतभई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ । नेपालको सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ […]

सुन काण्डपछि पाण्डेलाई विमानस्थल भन्सार पठाइयो

काठमाडौँ : सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थले विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।एक क्वीन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएको छ। गत पुस २९ गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए।&nb

भन्सार दर दुई तह गर्न परिसंघको माग

अर्थ मन्त्रालयका राजसव सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे।...

अर्थ मन्त्रालयमा चलखेल

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले […]

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

काठमाडौं, चैत १ ।दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित […]

सिन्डिकेट तोडिने भएपछि नयाँ भन्सार एजेन्ट रोक्न चलखेल

दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्।दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८

चोभारको सुक्खा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा

सरकारले चोभारमा रहेको काठमाडौं सुक्खा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा गरेको छ । अर्थ मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै चोभारमा रहेको सुक्खा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा गरेको हो । ‘अर्थ मन्त्रालयले भन्सार...

चाँदीको भन्सार महसुल बढ्यो

५ कात्तिक, काठमाडौं । सरकारले चाँदीको भन्सार महसुल वृद्धि गरेको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी बढेको निष्कर्षपछि चाँदी आयातमा लाग्दै आएको भन्सार शुल्क बढाइएको अर्थ मन्त्रालयले जनाएको छ । असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले […]

भन्सार प्रशासनलाई अत्याधुनिक बनाइँदै

काठमाडौँ । देशको राजस्व उठाउने प्रमुख निकायको रुपमा रहेको भन्सार प्रशासनलाई अत्याधुनिक प्रणालीअनुसार सञ्चालन गर्ने ध्येयका साथ सरकारले भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गरे । सोही अवसरमा उनले नेपाल राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावको सङ्गालोसमेत सार्वजनिक […]