काठमाडौँ : सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थले विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।एक क्वीन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएको छ। गत पुस २९ गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए।&nb