लमजुङको बेँसीसहर नगरपालिका–१० खाँचेमा स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ ।
स्थानीयले भवनको आवश्यकता महसुस गरी चन्दा संकलन गरेर भवन निर्माण गरेका हुन् । स्थानीयको अग्रसरतामा २७ लाख रुपियाँमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो ।