प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडाैँ- नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। परिषद्ले राष्ट्रिय कार्यशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका […]

सम्बन्धित सामग्री

बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने

काठमाडौं। नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने ’boutमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटाले  बुद्धिजीवी परिषद्का स्वास्थ बिभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्। छलफलमा देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने विषयमा छलफल […] The post बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुख्यमन्त्री शाहीलाई बुद्धिजीवी र सर्वसाधारणको ध्यानाकर्षणपत्र

जुम्ला- जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजीवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानाकर्षणपत्र दिएका हुन् ।  कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुको माग छ । […]

नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन

काठमाडौं । नेकपा एमालेकाे भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्अन्तर्गत परिषद्को जिल्ला कमिटीले काठमाडौं महानगर कमिटी गठन गरेको छ । जिल्ला कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले साे महानगर कमिटी गठन गरेको हो । पहिलो पटक गठन भएको कमिटीकाे नेतृत्व डा. गोपाल धौबन्जारले गरेका छन् भने उपाध्यक्षमा मेनुका खतिवडा चयन भएकी छन् । नेपाल बुद्धिजीवी परिषद्को विधान […] The post नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मैले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे । उनले भने, ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत […]

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत

एमाले बुद्धिजीवी परिषदको भेला आज

काठमाडौं : नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ।काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको उद्घाटन गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नेछन्।

आज बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओली

काठमाडौं, चैत २० । काठमाडौंको टोखामा आयोजना हुने एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली १२ बजे टोखा पुग्दैछन् । अध्यक्ष ओली शनिबार खोटाङको कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए । अध्यक्ष ओली चाँडै सुदूरपश्चिम प्रदेशका कार्यक्रममा सहभागी हुने तयारी रहको छ । एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् […]

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघले नेता गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघका केन्द्रीय सचिवालय सदस्य गिरीको निधन भएकोप्रति अध्यक्ष प्राडा श्रीधर गौतमले सोमबार शोक वक्तव्य प्रकाशित गरी गहिरो दुःख प्रकट गर्नुभएको हो । ‘अखिल नेपाल बुद्धिजिवी संघको केन्द्रीय सचिवालय सदस्य का.गोपाल गिरीको आज २०७७ पौष २६ गते उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको छ । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ’ वक्तव्यमा भनिएको छ । नेता गिरीको आइतबार साँझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको थियो । उहाँको आज नारायणघास्थित नारायणी नदीमा अन्त्येष्टि गरिनेछ । यो पनि :  गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँ निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित हुनुभएको थियो । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का केन्द्रीय संगठनकर्तासमेत रहनुभएका गिरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय संगठनकर्ता कामरेड गोपाल गिरी(का.हरियाली)को ६३ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै हामीले सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गोपाल गिरी केही दिनदेखि काठमाडौस्थित हेम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ निमोनिया रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँलाई भेट्न ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह आजै हेम्स अस्पतालमा पुग्नुभएको थियो । का. गिरी बेहोस अवस्थामा रहेकाले उहाँका परिवारका सदस्यहरुसित उहाँको स्वास्थ्य स्थितिबारे का. महामन्त्रीले जानकारी लिनुभएको थियो । का. गोपाल गिरी हाम्रो पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँले पार्टीका बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्नुका साथै हाम्रो पार्टीका नजिकका बिभिन्न जनवर्गीय मोर्चाका बिभिन्न जिम्मेवारीमा समेत रहेर भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ ने.क.पा.(मसाल)को केन्द्रीय संगठनकर्ता हुनुहुन्थ्यो । का. गिरी हाम्रो पार्टीको निडर, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ पार्टीप्रति वफादार रहेर सबै प्रकारका गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन संघर्ष गरेर कार्यरत रहने हाम्रो पार्टीको जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले का. गोपाल गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’