बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँ निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित हुनुभएको थियो । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का केन्द्रीय संगठनकर्तासमेत रहनुभएका गिरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय संगठनकर्ता कामरेड गोपाल गिरी(का.हरियाली)को ६३ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै हामीले सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गोपाल गिरी केही दिनदेखि काठमाडौस्थित हेम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ निमोनिया रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँलाई भेट्न ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह आजै हेम्स अस्पतालमा पुग्नुभएको थियो । का. गिरी बेहोस अवस्थामा रहेकाले उहाँका परिवारका सदस्यहरुसित उहाँको स्वास्थ्य स्थितिबारे का. महामन्त्रीले जानकारी लिनुभएको थियो । का. गोपाल गिरी हाम्रो पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँले पार्टीका बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्नुका साथै हाम्रो पार्टीका नजिकका बिभिन्न जनवर्गीय मोर्चाका बिभिन्न जिम्मेवारीमा समेत रहेर भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ ने.क.पा.(मसाल)को केन्द्रीय संगठनकर्ता हुनुहुन्थ्यो । का. गिरी हाम्रो पार्टीको निडर, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ पार्टीप्रति वफादार रहेर सबै प्रकारका गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन संघर्ष गरेर कार्यरत रहने हाम्रो पार्टीको जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले का. गोपाल गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

सम्बन्धित सामग्री

जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन: नेता पौडेल

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने […]

जनप्रतिनिधिले गलत काम गरे छानबिन समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘वृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए । उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे

जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छः नेता पौडेल

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने […]

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत

एमालेको समृद्ध नेपालको नीति सही छ : नेता थापा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उनले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे । […]

बुद्धिजीवी परिषदमा केपी ओलीसहित एमाले नेता (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

नेता गोपाल गिरीको देवघाटमा सम्मानका साथ अन्त्येष्टि

सुमन आचार्य, चितवन । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीको आज चितवनको देवघाटस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । आइतबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको गिरीको शव राजधानीबाट ल्याइएसँगै अन्त्येष्टि गरिएको हो । त्यस क्रममा नेता गिरीको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेकपा (मसाल) का केन्द्रीय संगठनकर्ता रहनुभएका गिरी पार्टीको भरतपुर नगर समितिका सदस्यसमेत हुनुहुन्थयो । सोमबार काठमाडौंबाट उहाँको शव पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित उहाँको निवासमा लगिएको थियो । त्यसपछि अन्त्येष्टिका लागि देवघाटमा लगिएको थियो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नेता गिरीलाई अघिल्लो मंगलबार भरतपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । चार दिनसम्म सीएमसी अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि हेलिकप्टर मार्फत राजधानी लगेर ह्याम्स अस्पतालमा उपचार गरिएपनि उहाँको ज्यान बच्न सकेन । उहाँले कोरोना संक्रमणलाई परास्त गरेपनि अन्य रोगले भने उहाँलाई नै परास्त गर्यो । नेकपा (मसाल) का इमान्दार र निष्ठावान नेता गोपाल गिरी (का. हरियाली)को निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको मसालले जनाएको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल बुद्धिजीवी संघलगायतका संगठनहरुले वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मसाल महामन्त्री मोहनविक्रम सिंहले आजै ह्याम्स अस्पतालमा पुगि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । यो पनि :  महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवंगत नेता गोपाल गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । काठमाडौंको ह्याम्स अस्पताल प्रांगणमा महामन्त्री सिंहले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । त्यसक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, पूर्व सचिव कृष्ण अधिकारी, अखिल (छैठौं) का अध्यक्ष विमल पाखरेल, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व महासचिव रामबहादुर बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव भरतमणि भण्डारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जापान नेपार्ली एकता समाजका तुफान केसीलगायतका नेताहरुले गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नवलपरासीको गैँडाकोट निवासी उहाँको शव अन्तिम संस्कारका लागि काठमाडौँबाट बिहान ११ बजे नारायणघाट लगिएको छ । यो पनि :  बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघले नेता गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघका केन्द्रीय सचिवालय सदस्य गिरीको निधन भएकोप्रति अध्यक्ष प्राडा श्रीधर गौतमले सोमबार शोक वक्तव्य प्रकाशित गरी गहिरो दुःख प्रकट गर्नुभएको हो । ‘अखिल नेपाल बुद्धिजिवी संघको केन्द्रीय सचिवालय सदस्य का.गोपाल गिरीको आज २०७७ पौष २६ गते उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको छ । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ’ वक्तव्यमा भनिएको छ । नेता गिरीको आइतबार साँझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको थियो । उहाँको आज नारायणघास्थित नारायणी नदीमा अन्त्येष्टि गरिनेछ । यो पनि :  गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरी अस्वस्थ हुनुभएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । निमोनिया र दमबाट पीडित नेता गिरी हाल कोरोना संक्रमित हुनुभएको छ । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो । त्यस अघि उहाँको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो । त्यहाँ उहाँको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको नेता गिरीका छोरा प्रविन गिरीले जानकारी दिनुभयो । उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै प्रविनले युगदर्शनसँग भन्नुभयो, ‘अवस्था अलि गम्भीर नै छ । तर डाक्टरले हिजो भन्दा आज केही सुधार भएको छ भनेका छन् ।’ स्वासप्रश्वसमा समस्या भएपछि गिरीलाई बेहोस बनाएर उपचार भइरहेको बुझिएको छ । उहाँको हिजो (बुधबार) डायलासिस गरिएको छ । त्यसको रिपोर्ट आज आउने बताइएको छ ।