बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघले नेता गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघका केन्द्रीय सचिवालय सदस्य गिरीको निधन भएकोप्रति अध्यक्ष प्राडा श्रीधर गौतमले सोमबार शोक वक्तव्य प्रकाशित गरी गहिरो दुःख प्रकट गर्नुभएको हो । ‘अखिल नेपाल बुद्धिजिवी संघको केन्द्रीय सचिवालय सदस्य का.गोपाल गिरीको आज २०७७ पौष २६ गते उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको छ । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ’ वक्तव्यमा भनिएको छ । नेता गिरीको आइतबार साँझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको थियो । उहाँको आज नारायणघास्थित नारायणी नदीमा अन्त्येष्टि गरिनेछ । यो पनि :  गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

सम्बन्धित सामग्री

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

जेठ १५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । १५औं गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उहाँले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक संघसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गर्नभएको हो । प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक संघर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको १४ वर्ष पूरा भएको उल्लेख गर्नुभएको छ ।  विसं २०६५ जेठ १५ गते तत्संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । उहाँले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  साथै उहाँले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्नुहुने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको संघर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।’ गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अंग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई मुलुकमा विधिको शासन स्थापना हुनुजस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको उहाँले जनाउनुभएको छ ।  शासन प्रणालीमा सबै जनाको सहभागिता, स्वामित्व र अपनत्व स्थापित हुनसकेको र नागरिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति भएर मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरूको छनोट गर्न सफल भएको उल्लेख गर्दै उहाँले यसबाट प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको जगलाई थप मजबुत बनाउँदै नागरिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्न सहयोग पुगेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले यस अवसरमा स्थानीय तहको निर्वाचनमा सक्रियरूपमा सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवादका साथ निर्वाचित सम्पूर्ण जनप्रतिनिधिमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको छ । रासस

प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली

भक्तपुर- वाम बुद्धिजीवी एवम् वरिष्ठ समालोचक प्राध्यापक माणिकलाल श्रेष्ठको अन्त्येष्टि बिहीबार काठमाडौंको शोभा भगवती कर्णदीपमा भयो । दिवंगत प्राध्यापक माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत वडाध्यक्ष, प्राध्यापकलगायतले श्रद्धाञ्जली अर्पण गरे ।त्यसैगरी प्रा. श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेताहरु, पूर्वसभामुख, बुद्धिजीवी, […]

नेता गोपाल गिरीको देवघाटमा सम्मानका साथ अन्त्येष्टि

सुमन आचार्य, चितवन । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीको आज चितवनको देवघाटस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । आइतबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको गिरीको शव राजधानीबाट ल्याइएसँगै अन्त्येष्टि गरिएको हो । त्यस क्रममा नेता गिरीको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेकपा (मसाल) का केन्द्रीय संगठनकर्ता रहनुभएका गिरी पार्टीको भरतपुर नगर समितिका सदस्यसमेत हुनुहुन्थयो । सोमबार काठमाडौंबाट उहाँको शव पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित उहाँको निवासमा लगिएको थियो । त्यसपछि अन्त्येष्टिका लागि देवघाटमा लगिएको थियो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नेता गिरीलाई अघिल्लो मंगलबार भरतपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । चार दिनसम्म सीएमसी अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि हेलिकप्टर मार्फत राजधानी लगेर ह्याम्स अस्पतालमा उपचार गरिएपनि उहाँको ज्यान बच्न सकेन । उहाँले कोरोना संक्रमणलाई परास्त गरेपनि अन्य रोगले भने उहाँलाई नै परास्त गर्यो । नेकपा (मसाल) का इमान्दार र निष्ठावान नेता गोपाल गिरी (का. हरियाली)को निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको मसालले जनाएको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल बुद्धिजीवी संघलगायतका संगठनहरुले वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मसाल महामन्त्री मोहनविक्रम सिंहले आजै ह्याम्स अस्पतालमा पुगि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । यो पनि :  महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवंगत नेता गोपाल गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । काठमाडौंको ह्याम्स अस्पताल प्रांगणमा महामन्त्री सिंहले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । त्यसक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, पूर्व सचिव कृष्ण अधिकारी, अखिल (छैठौं) का अध्यक्ष विमल पाखरेल, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व महासचिव रामबहादुर बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव भरतमणि भण्डारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जापान नेपार्ली एकता समाजका तुफान केसीलगायतका नेताहरुले गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नवलपरासीको गैँडाकोट निवासी उहाँको शव अन्तिम संस्कारका लागि काठमाडौँबाट बिहान ११ बजे नारायणघाट लगिएको छ । यो पनि :  बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष केसीले शोक वक्तव्य प्रकाशित गरी ‘इमान्दार, कर्मठ र जुझारु पार्टी सदस्यको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको’ बताउनुभएको छ । नेता गिरीको आइतबार साँझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । उपचारका क्रममा कोरोना संक्रमणमुक्त भएपनि गिरीको ज्यान बचाउन नसकिएको राजमोले जनाएको छ । नवलपरासीको गैँडाकोट निवासी उहाँको शव अन्तिम संस्कारका लागि नारायणघाट लगिँदैछ । गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘नवलपरासीपूर्व, गैंडाकोट निवासी का. गोपाल गिरीको आज ०७७ पौष २६ गते कोभिड–१९ को उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको छ । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गिरी लामो समयदेखि राष्ट्रिय जनमोर्चामा निरन्तर काम गर्दै आउनुभएको एक इमान्दार, कर्मठ र जुझारु सदस्य हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चा चितवनको जिल्ला समितिमा रहेर राजनीतिक तथा सांगठनिक जिम्मेवारी पूरा गर्नुभएका का। गिरी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिजीवी संघको केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघको केन्द्रीय समितिमा समेत कार्यरत हुनुहुन्थ्यो । एउटा इमान्दार, कर्मठ र जुझारु पार्टी सदस्यको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ । अन्तमा का. गोपाल गिरीप्रति राष्ट्रिय जनमोर्चा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’ यो पनि :  बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँ निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित हुनुभएको थियो । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का केन्द्रीय संगठनकर्तासमेत रहनुभएका गिरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय संगठनकर्ता कामरेड गोपाल गिरी(का.हरियाली)को ६३ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै हामीले सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गोपाल गिरी केही दिनदेखि काठमाडौस्थित हेम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ निमोनिया रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँलाई भेट्न ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह आजै हेम्स अस्पतालमा पुग्नुभएको थियो । का. गिरी बेहोस अवस्थामा रहेकाले उहाँका परिवारका सदस्यहरुसित उहाँको स्वास्थ्य स्थितिबारे का. महामन्त्रीले जानकारी लिनुभएको थियो । का. गोपाल गिरी हाम्रो पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँले पार्टीका बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्नुका साथै हाम्रो पार्टीका नजिकका बिभिन्न जनवर्गीय मोर्चाका बिभिन्न जिम्मेवारीमा समेत रहेर भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ ने.क.पा.(मसाल)को केन्द्रीय संगठनकर्ता हुनुहुन्थ्यो । का. गिरी हाम्रो पार्टीको निडर, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ पार्टीप्रति वफादार रहेर सबै प्रकारका गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन संघर्ष गरेर कार्यरत रहने हाम्रो पार्टीको जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले का. गोपाल गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’