कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सक्ने

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएकाे छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात  गर्नुभएको हाे । उहाँले महाशाखाकाे सेवालाई थप प्रव...

सम्बन्धित सामग्री

अव कम्पनी सञ्चालक र पदाधिकारी दुबैले जरिबाना तिर्नुपर्ने

काठमाडौं, असार ११ । कम्पनीका सञ्चालक र पदाधिकारीले समेत जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि कम्पनीले मात्र जरिबाना तिर्दै आएकामा अबदेखि सञ्चालक र पदाधिकारीले तिर्नुपर्ने व्यवस्था गरिएको हो । कम्पनी ऐन २०६३ को दफा ८१ (२) को व्यवस्थाबमोजिम कम्पनीले कार्यालयलाई तोकिएको समयमा विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराएको अवस्थामा जरिबाना आकर्षित हुने र […]

वीपी राजमार्गमा फोहर फ्याँके जरिबाना तिराइने

काठमाण्डाै - वीपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिबाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।  गाडीका यात्रुले जथाभाबी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिकाभित्र रहेको राजमार्ग क्षेत्रमा फोहर गर्नेलाई कारबाहीस्वरूप जरिबाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो । 'बोमिट ब्याग’ फ्याँक्नेलाई पाँच सय, जङ्कफुडका खोल फ्याँक्नेलाई तीन सय ५० र अन्य फोहर फ्याँके दुई सय रुपैयाँ जरिबाना तोकिएको छ',...

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना

काठमाण्डाै - प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा फेल हुने गाडीलाई जरिबाना गरिने विभागले ...

आयोगद्वारा बाराकाे पचरौता नगरका मेयर जैसवार र पुकार बमलाई जरिबाना

काठमाण्डाै - निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ । आचारसंहिता विपरीत तथा कार्यक्रममा स्वीकृत भएका बाहेकमा बजेट खर्च गरेको भन्दै जैसवारलाई जरिबाना गरिएको आयोगले जनाएको छ । त्यस्तै, आचारसंहिता उल्लङ्घनमै काठमाण्डौ-१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुकार बमलाई आयोगले पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । बमलाई आफ्नो नाम अङ्कित टिसर्ट प्रयोग गरेको भन्दै जरिबाना गरिएको आयोगले जनाएको छ । यस्तै, व्यापार तथा निकासी केन्द्रका...

धनगढीको भाटभटेनीसहित दुई होटललाई जरिबाना

धनगढी : धनगढीस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको छ। भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्यभन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिबाना गरेको हो। वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरेको अनुगमनका क्रममा ग्राहकसँग पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढी रकम लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको जानकारी दिए।उनका अनुसार धनगढी

एन्फालाई एएफसीले लगायो ७ हजार डलर जरिबाना

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ । एएफसीको अनुशासन र आचार संहिता कमिटीले सोमबार दुई फरक नियम उल्लंघन गरेको आरोपमा ७ हजार डलर जरिबाना लगाएको एएफसीले जनाएको छ । एएफसी एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपाली फुटबल […]

गुगललाई झण्डै दश करोड जरिबाना

काठमाण्डौ, १० पुस । रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हो । अदालतले हिजो गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । […]

हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना

मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ? भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ प्रमोद कुमार नामका एकजना ट्रक चालकमाथि हेलमेट नपहिरिएको कारण १ हजार भारु (नेरु १ हजार ६ सय) जरिबाना तिराइएको छ […]

अलिबाबामाथि एक अर्ब डलर जरिबाना गर्ने चीनकाे तयारी !

काठमाण्डाै – चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिबाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिबाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिबाना तिरेको थियो ।क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएकाे आरोप लागेको थियो । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीवार अलिबाबामाथिको जरिबानासम्बन्धी स...

ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार (भोलि) देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।