धनगढी : धनगढीस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको छ। भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्यभन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिबाना गरेको हो। वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरेको अनुगमनका क्रममा ग्राहकसँग पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढी रकम लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको जानकारी दिए।उनका अनुसार धनगढी