काठमाण्डाै – चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिबाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिबाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिबाना तिरेको थियो ।क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएकाे आरोप लागेको थियो । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीवार अलिबाबामाथिको जरिबानासम्बन्धी स...