काठमाण्डाै - वीपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिबाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
गाडीका यात्रुले जथाभाबी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिकाभित्र रहेको राजमार्ग क्षेत्रमा फोहर गर्नेलाई कारबाहीस्वरूप जरिबाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो ।
'बोमिट ब्याग’ फ्याँक्नेलाई पाँच सय, जङ्कफुडका खोल फ्याँक्नेलाई तीन सय ५० र अन्य फोहर फ्याँके दुई सय रुपैयाँ जरिबाना तोकिएको छ',...