काठमाडौँ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले माघ २४ गते जनप्रदर्शन एवं जनसभा गर्ने भएको छ। बिगेसोले आज (बुधबार) पत्रकार सम्मेलन गरी काठमाडौंको शान्ति वाटिकामा बिहान ११:३० मा जनप्रदर्शन एवं जनसभा गर्न लागेको जानकारी दिएको हो।बिगोका अनुसार बिगेसोले सर्वोच्च अदालतको निर्देशात्मक आदेश प्राप्त भएको दिन माघ २४ गतेलाई सम्पूर्ण गोर्खा सैनिकले आफूविरुद्ध भइरहेको अन्याय, असमानता र विभेदका विरुद्ध न्याय, समानता र स्वाभिमानका लागि चलाउँदै आएको अभियान एवं आन्दोलनको पक्षमा हासिल हुन