पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार योजनाको अनुमगन गरेको हो । टोलीले शुक्रबार गल्कोट-हरिचौर-हिल्ल्तार-म्याग्दी सडक र शनिबार बुर्तिबाङ-तमानखोला-लमेला सडक र गाडीखोला-ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको अनुगमन तथा निरीक्षण गरेको छ । […]