रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्याएकाे छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउनुभएको हो । आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ । महा...