युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतले पनि निन्दा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणबारे मौन बसेको भारतले बुचामा भएको निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरेको घटनाको निन्दा गरेको हो ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचा घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न माग गर्नुभएको बीबीसीले जनाएको छ । मानव अधिकार सङ्गठनले बुचाको एउटा चर्चबाहिर झन्डै तीन सय जनाको शव भेटिएको बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र भारतीय विदेश मन्त्री एस जयशङ्करबीच टेलिफोनमा क...