संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा युक्रेन आक्रमणसँग जोडिएको एक प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ। युक्रेनविरुद्धको आक्रमणमा निन्दा गर्ने प्रस्तावमाथि रुसले भिटो प्रयोग गरेको हो।उक्त प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए। सुरक्षा परिषद्को स्थायी सदस्य रुसले आफ्नो भिटो अधिकार प्रयोग गरेको हो। भारत, चीन र युएई भने मतदानमा सहभागी भएनन्। सुरक्षा परिषदमा रुसी दूतले रुसले युक्रेन वा युक्रेनका नागरिकमाथि आक्रमण नगरेको दाबी गर्दै डोनबासका बासिन्दालाई बचाउन यस्तो कदम चालिएको बताएका छन्।य