संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा रुसले भिटो पावरको प्रयोग गरेको छ । युक्रेनमा भएको आक्रमणबारे राखिएको प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरी त्यसलाई रोकेको हो ।
प्रस्तावको पक्षमा ११ सदस्य देशले भोट गरेका छन् भने भारत, चीन र यूएईले मतदानमा भाग लिएनन् ।
युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो । सुरक्षा परिषद्को बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गरी डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताउनुभयो । तर अमेरिकी राजदूतले रुसले भि...