खाणले राउतलाई भने- तपाईंको नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्छ

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ।  गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ।  गृहमन्त्री खाणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा...

सम्बन्धित सामग्री

लोकसंवादमा प्रदेश सरकार : RajdhaniDaily.com

RajdhaniDaily.com | लोकतन्त्रको एउटा सुन्दर पक्ष नागरिकहरूका विचार विनिमयको स्वतन्त्रता हो । पछिल्लो समयमा यही स्वतन्त्रताको उपयोग गर्दै समाजमा मुलुकको राजनीतिको चर्चा -

विद्यमान समस्या समाधान गर्ने बजेट विनियोजन हुनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको सो विधेयकलाई सभाको  सर्वसहमतिले स्वीकृत गरेको हो । विधेयकमाथि उठेको प्रश्नको जवाफमा अर्थमन्त्री पुनले  विश्वव्यापीकरण, सूचना प्रविधिले पारेको प्रभाव तथा प्रवृत्तिलाई उपयोग गर्ने हिसाबले विधेयक प्रस्तुत गरिएको हो । कारोबारलाई सुरक्षित […]

तनाव व्यवस्थापन र भावनात्मक बुद्धिमत्ता, दीपेश कर्णको विचार

हरेक व्यक्तिको बौद्धिक र भावनात्मक गरी सक्षमताका दुई स्तर हुन्छन् । एक अध्ययनका अनुसार हाम्रो व्यावहारिक जीवनमा बौद्धिक स्तरले २० प्रतिशत र भावनात्मक स्तरले ८० प्रतिशत भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले अहिले कतै न कतै सम्बन्धमा तनाव र जीवनमा अशान्ति रहि नै रहन्छ ।  प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले भावनात्मक बुद्धिमत्तालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए । आइ क्यु र इक्यूको सन्तुलन बनाउन सकेको व्यक्तिलाई मात्र वर्तमानमा चनाखो र स्मार्ट व्यक्तिको संज्ञा दिइएको छ ।  आईक्यू भन्नाले कुनै व्यक्तिको उसकै उमेरसमूहका अन्य व्यक्तिहरूको तुलनामा बौद्धिक वा दिमागी क्षमताको गुणक हो भने इक्यू भनेको कुनै व्यक्तिभित्र रहेका अलग अलग भावनाहरूको व्यवस्थापन गर्नसक्ने क्षमता हो ।  भावनात्मक बुद्धिमत्ताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्नसक्ने योग्यतालाई दर्शाउँछ । यसप्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्शाउँछ । भावनात्मक ज्ञान भनेको आफ्नो र अरूको भाव बुझ्नसक्ने कला मात्र हो । यसको प्रथम चरण नै बोली हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्नसक्नुपर्छ । रिसको बेला मौन बस्नसके रिसको प्रभाव स्वतः न्यून हुनजान्छ । धेरै खुशी भएका बेला र धेरै निराश भएका बेला भावनामा नियन्त्रण गर्नसक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले । रिसको जननी नै अपेक्षा हो । अपेक्षा पूरा भयो भने खुशी हुन्छौं पूरा भएन भने यसले दुःखी र दुःखले निराशा जन्माउँछ । निराशाले रिस उत्पन्न गर्छ र रिसले समस्या सृजना गर्न थाल्छ । अपेक्षा, खुशी, दुःख, निराशा र रिसमा हाम्रो नियन्त्रण हुन सक्नुपर्छ । भावनात्मक बुद्धिमत्ताले तनाव व्यवस्थापनमा पनि सञ्जीवनीको भूमिका निर्वाह गर्ने गर्छ । भावनात्मक बुद्धिमत्तालाई आधारभूतरूपमा निम्न चार तरीकाले अझ विकसित र व्यवस्थित गर्न सकिन्छ : स्वयं जागरुक बन्नु  भावनात्मक रूपमा सक्षम हुन व्यवहारगत रूपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ । कम्तीमा बीस मिनेट भए पनि प्रत्येक दिन आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ ।  आफ्नो भावनालाई परिस्थितिअनुरूप ढाल्नु  आफ्नो भावलाई झेलिरहेको परिस्थितिअनुरूप ढाल्ने प्रयास गर्नुपर्छ । हामीलाई रिस उठ्ने मुख्य कारण नै परिणाम वा परिस्थिति हाम्रो इच्छाअनुसार नहुनु हो । रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ । सही र गलत भाव भन्ने केही हुँदैन यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ । बुझ्नुपर्ने के रहेछ भने आगो–पानी, विष–अमृत, सिंह–गोरू, मयूर–सर्प, सर्प–मुसो सब एकआपसका विपरीत प्रकृति बोकेका छन् तर पनि सब शान्त, अनुशासित र मिलेर बसेका रहेछन् । तसर्थ, रिस, ईर्ष्या, प्रेम, मोह आदि भाव आएको बेला त्यसभावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई कामलाग्ने दिशामा उपयोग गर्नुपर्छ । स्वउत्प्रेरणा  जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ । कामको समय कुनै पनि नकारात्मक विचारले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि शुरू हुन्छ । यस्ता विचारहरूबाट टाढा बस्नुपर्छ । हामी जसरी आगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । आजकल बजारमा मोटिभेशनल वक्ताहरूको वा भनौं उत्प्रेरणा वक्तव्य दिनेहरूको व्यवसायीकरण भएको देखिन्छ । तर, स्मरण रहोस् कुनै पनि मोटिभेशनल स्पिकर तपाईंलाई तपाईंभन्दा बढी जानेको हुँदैन । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हौं । अरूको भाव बुझ्न सक्नु  भावनात्मक रूपमा दक्ष वा योग्य व्यक्तिले अरूको भावना बुझ्ने प्रयास गरिरहेको हुन्छ । धेरै जानकारी भएको क्षेत्रमा कम बोल्नुपर्छ र कम जानकारी भएको क्षेत्रमा पनि कम नै बोल्नुपर्छ । हामी जत्ति धेरै कम बोल्छौं गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ । जति कम गलत बौल्छौं उत्ति कम समस्यामा फस्छौं । धेरै सुन्ने बानी बसाल्नुपर्छ । यसबाट केही न केही सिकिन्छ नै । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्व दिइएको पाइन्छ । अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । वर्तमानमा हरेक व्यक्तिले चाहन्छन् कि उसलाई सबले सुनून्, सम्मान गरून् । तर, अरूलाई सुन्ने र सम्मान दिने धैर्य र साहस थोरैमा हुन्छ । तसर्थ, अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्ततः परिवारकै लागि त  हो नि ।  आफ्नो भावनात्मक दक्षतालाई कार्यालयमा सहकर्मीसँग राम्रो व्यवहारगत सम्बन्ध स्थापित गर्न उपयोग गर्न सकिन्छ । जागीरमा आफ्नो कार्यदक्षता विकसित गर्न, परिवार र समाजमा आफूभन्दा कान्छोसँग मधुर र अग्रजसँग विश्वसनीय सम्बन्ध निर्माण गर्न सकिन्छ । शैक्षिक क्षेत्रमा शिक्षक, समाजमा व्यक्तिविशेषसँग, साथीभाइसँग सुमधुर सम्पर्क बनाउन सकिन्छ । भावनात्मक बुद्धिमत्ताले यस प्रकृतिमा विद्यमान हरेक मान्छे, जीवको उत्तिकै महत्व र महत्वपूर्ण भूमिका छ भनी सिकाउँछ । लेखक दीपेश कर्ण वीरगञ्ज कलेजमा अध्यापन गर्छन् ।

गरिबी निवारणको नारा (पाठक विचार)

नेपालले गरीबी निवारणमा जति पहल गरेको छ त्यसअनुसार प्रतिफल छैन । मुलुक स्रोतमा धनी छ । तर, तिनको उपयोग हुन सकेको छैन । त्यही भएर गरीबी निवारणमा अपेक्षित सफलता हासिल हुन सकेको छैन । कोरोनाका कारण गरीबी थपिएको थियो । अहिलेको आर्थिक समस्याले झनै गरीबी थपेको अनुमान छ । नेपालका लागि गरीबी प्रमुख चुनौती भए पनि यसको निवारणमा काम कम कुरा बढी भएको पाइन्छ ।   नेपालमा राजनीतिज्ञ र कर्मचारीले काम नगर्ने, गरे पनि निजी स्वार्थ हेरेर गर्ने गरेका छन् । यही कारण विकासले गति लिन नसकेको हो । मर्यादा र नैतिकताको पालना हुने समाजमा कानून नै नचाहिने पनि हुन सक्छ । तर नेपालमा भने कानून भएर पनि लागू नभएको अवस्था छ । यसले नेपालको अवस्थालाई देखाउँछ ।  त्यसैले मुलुकमा राजनीति र प्रशासनमा दण्डहीनता हाबी भएको छ । गरिबी न्यूनीकरण र समृद्धि नारामात्रै बनेको छ । गरीबी निवारणभन्दा पनि गरीबीको पहिचान गर्न समस्या बढी देखिएको छ । नेपालका शुरूका आवधिक योजनाहरूले अप्रत्यक्ष रूपमा गरिबी न्यूनीकरणका कार्यक्रमहरू ल्याएको थियो । तर ती काम प्रभावकारी ढंगमा अघि बढेनन् । कसैले पनि जिम्मेवारी नलिँदा मुलुकमा अझै पनि १८.७ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका छन् ।  निजामती सेवा लगायत अन्य सरकारी सेवाको आरक्षणमा पनि विपन्न वर्गले लाभ लिन सकेको छैन । लक्षित समुदायका सम्भ्रान्त वर्गले मात्र दोहोर्‍याई तेहेर्‍याई लाभ लिइरहेका छन् । गरीबी निवारणका लागि हामीले सधैं सपना मात्र देखेर हुँदैन, काम गर्नुपर्छ ।    मोहन तिम्सिना कोटेश्वर काठमाडौं ।

के गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पुरुषले बढी गरे पनि महिलाहरूमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरूमा यसको दुर्व्यसन, लत (Addiction) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १०-२० प्रतिशत मानिसहरूले यसको सेवन गर्ने गरेको देखिएको छ ।  मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरूमध्ये डेल्टा-9-टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुवाँ बाफ तान्ने, खाने लगाउने अनेक स्वरूपहरूमा विभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भाङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५-६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरूबाट मादक पदार्थका अलावा कपडा, डोरीलगायत सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, वितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएको छ । नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि विचार गर्न नसकिने कोटि (schedule IV) बाट पुनःवर्गीकरण र पुनर्विचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने तर्क नेपालमा आएको छ । नेता, विद्वत भनिने केही व्यक्तिहरूबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, विचार,  अन्तरवार्ता, समाचार, लेख आदिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।  दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरूमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, विक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरूमा गाँजाको सेवन छ भने २३ प्रतिशतमा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरूमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेटिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामीसमेत गाँजाले राम्रो हुने, यो सरल रूपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्ट ह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको विपक्षी मत । यसबारे निष्पक्षरूपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरें र यसबारे जर्नल लेखहरू पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत विचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सही कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरूकै हातमा सुम्पन्छु ।           गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायनचाहिँ केही स्वास्थ्य समस्याहरूमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृतिसमेत छ । अरु केही स्नायु रोगहरू (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमी देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरूमा प्रयोग गर्ने भनिए पनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने वान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरू सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरू उब्जिएको पाइयो । कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिए पनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरू त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुन गयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरू अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भइरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरू पनि देखिन्छ । दुखाइ, पीडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरू विकास भइसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रूपमा मात्र गर्नु ठिक होला ।  यता कतिपय मानसिक रोगहरूमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिए पनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरूमा अक्सर धेरैमा मनोत्रास प्यानिकदेखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीसम्मका समस्याहरू देखिन्छन् । उदासीनता, डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भने पनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिक रोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्य सेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रूपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरू गाँजातिर लाग्ने वा गाँजाबाट नशा सेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरूमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केही सीमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरूमा एकचोटी, बारम्बार सेवन वा दीर्घरूपमा यसको लत भएकाहरूमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरूमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरू कडा रूपमा प्रकट गराउने र गाँजाको वैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्यासहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरू धमाधम आइरहेको देखिन्छ ।  तर्क गर्ने र मत दिनेहरू भन्छन्– गाँजा पनि ओपियड र अरुजस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रूपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केही महत्त्वपूर्ण पक्षहरू गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने ? के-कस्ता वाञ्छित र प्रतिकूल असर छन् ? ती असरहरूको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरूको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यु समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दबाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले व्यवहारिकरूपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरू आइरहेछन् ।  अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रूपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासन व्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलको परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीररूपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्देश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नीतिनियमहरूको निर्माण र गम्भीरतापूर्वक कार्यान्वयन गर्न राज्य सरकार र जनता लाग्न जरुरी भएको छ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नुअघि अहिलेसम्म प्राप्त प्रमाणहरू पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।  (प्रा. डा. शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।) #Marijuana #Weed #cancer #depression #Dependence #abhiyandaily #aarthikabhiyan

झलनाथको प्रस्ताव : विचार मिल्ने कम्युनिष्टसँग एकता गरौं (पूर्ण पाठसहित)

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार पार्टी पुर्नगठन दिवस मनाउन आयोजित कार्यक्रममा त्यस्तो प्रस्ताव गरेका हुन्। उनले भने, ‘विचार मिल्ने कम्युनिष्ट समूहहरुसँग एकताका प्रक्रियालाई पनि अघि बढाऔँ, आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगति को हितमा अधिकतम रुपले उपयोग गरौँ […]

'जब बिपीलाई नारायणीमा डुबाउने हल्ला सुनियो...'

धेरै कुराहरू सम्झिन गाह्रो भयो। खासगरी तिथि मितिहरू याद हुन्न, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ।यसरी विचार गर्दा  कुरो वि. स २०४८ पछिको हो। नेपाली कांग्रेसको सरकारले पहिलोपटक हरेक गाउँ विकास समितिलाई १५ हजार अनुदान दिएको थियो जरुरत मन्द नागरिकको वडामा सामूहिक रूपमा उपयोग गर्ने गरी १/२ वटा हाते चापाकल (ट्युबेल) जडान गर्नका लागि।गाउँ पंचायतको रूपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो। सम्भवतः केन्द्रबाट विषयगत अनुदानक

मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेक

कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे विचार गर्दै अमेरिका

अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे सावधानीका साथ विचार गरिरहेको जनाएको छ । आगामी केही महिनामा एमआरएएन भ्याक्सिन मोडेर्ना वा फाइजरको दोश्रो बुस्टर डोजबारे एफडीएले विचार गरिरहेको हो । एफडीए प्रवक्ता एलिसन हन्टका अनुशार एफडीएले बुस्टर डोजको सम्भावित उपयोग र संरचनाको मूल्याङ्कन गर्न महामारी र भेरियन्ट सम्बन्धित तथ्यांकहरुको अवलोकन गरिरहेको […]

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग

युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।&nbs